Kathmandu Press

कोरोना भाइरसबारे भ्रम फैलाउने एक जना पक्राउ

सुरूङ्गा, चैत १५ : कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति झापाको दमकबाट पक्राउ परेका छन्।

कोरोनाको सं....

कोरोना भाइरसबारे भ्रम फैलाउने एक जना पक्राउ
फाइल

सुरूङ्गा, चैत १५ : कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति झापाको दमकबाट पक्राउ परेका छन्।

कोरोनाको संक्रमण देखिएको भन्दै भ्रम फैलाउने दमक–१ का ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए। उनलाई शुक्रबार साँझ दमकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

झापामा ३४१ क्वारेन्टाइन तयार

सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए। 

भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।  मेची नगरपालिकामा ७० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई  राखिएको छ।  मेचीनगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन्। 

जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ। दमक नगरपालिकामा २४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ। कचनकवल गाउँपालिकामा १४ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ।
 
यता बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका  र कनकाई नगरपालिकामा १०-१० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ। झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।  रासस

प्रकाशित मिति: ०८:४४ बजे, शनिबार, चैत १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्