Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे जनाएकाे हो। शुक्रबार पनि बैठक स्थगित गर्दै  शनिबारका लागि सारिएकाे थियो। 
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी, वैशाख २२ : मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे जनाएकाे हो। शुक्रबार पनि बैठक स्थगित गर्दै  शनिबारका लागि सारिएकाे थियो। 

Hardik ivf

सत्तारूढ दल एमालेले मुख्यमन्त्री सोडारी सरसल्लाह नगरी विश्वासको मत लिन हतारिएकाे भन्दै तत्काल सम्भव नरहेकाे बताएपछि यस्ताे स्थिति आएको हाे।

एमाले संसदीय दलका नेता र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिँडेपछि प्रदेशसभा बैठक स्थगित गर्नुपर्ने अवस्था निम्तिएकाे बताइएकाे छ।

प्रकाशित मिति: १५:५० बजे, शनिबार, वैशाख २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्