स्वास्थ्य व्यवसायी महासंघले गर्यो कोरोना कोषमा ५ लाख सहयोग
काठमाडौं, चैत १४ : नेपाल स्वास्थ्य व्यवसायी महासंघले कोरोनाभाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा ५ लाख १० हजार रुपैयाँ जम्मा गरेको छ।
....
काठमाडौं, चैत १४ : नेपाल स्वास्थ्य व्यवसायी महासंघले कोरोनाभाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा ५ लाख १० हजार रुपैयाँ जम्मा गरेको छ।
शुक्रबार महासंघका अध्यक्ष कैलाश खड्काले कोषले उपलव्ध गराएको बैँक खातामा उक्त रकम जम्मा गरेका हुन्। 'हामीले सरकारले खडा गरेको कोषमा पाँच लाख रुपैयाँ जम्मा गरेका छौँ,' खड्काले भने, 'यो रकम कोरोना संक्रमितको उपचारमा खर्च होस् भन्ने हाम्रो अनुरोध छ ।'
महासंघले यसअघि पनि विभिन्न प्राकृतिक विपत्का बेला सरकालाई सहयोग गर्दै आएको छ। अध्यक्ष खड्काले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई दैनिक गुजाराका लागि महासंघले सरकारसँग सहकार्य गरेर थप सहयोग गर्ने तयारी गरेको पनि बताए।
प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

