Kathmandu Press

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, चैत १४ :  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियो थोरासिक भास्कु....

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
फाइल

काठमाडौं, चैत १४ :  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएपछि गराति अस्पताल भर्ना भएका थिए।  प्रधानमन्त्रीको मुटुको चालमा बिहीबार राति केही तलमाथि देखिएको भएपनि अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीले गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गराएका थिए। मिर्गौलाको प्रत्यारोपण गराएर आराम गर्नु पर्ने भएपनि प्रधानमन्त्री ओली पछिल्ला केही दिन बालुवाटारमै भेटघाटलाई बाक्लो बनाएका थिए।

भेटघाटको धपेडीकै कारण प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएको हो। 

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्