Kathmandu Press

बागमती प्रदेशसभा वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए।
बागमती प्रदेशसभा वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

मकवानपुर, वैशाख २१ : बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए।

उनले प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबीच वैशाख ३० गते विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको बताए।

सभामुख पाठकको आह्वानमा आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो  प्रदेशसभाको हिउँदे अधिवेश यही वैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो।

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, वैशाख २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्