Kathmandu Press

बुढानिलकण्ठ नगरपालिकामा किटनाशक औषधि छिट्न सुरु 

काठमाडौं, चैत १४ : बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न ठाउँमा किटानाशक विषादी छिट्न थालिएको छ । 

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेक....

बुढानिलकण्ठ नगरपालिकामा किटनाशक औषधि छिट्न सुरु 

काठमाडौं, चैत १४ : बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न ठाउँमा किटानाशक विषादी छिट्न थालिएको छ । 

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन किटनाशक औषधि छर्किन थालिएको बुढानीलकण्ठ ४ का वडाअध्यक्ष राजु खाड्काले बताए।

सम्बन्धित वडाले बढी भिडभाड हुने सार्वजनिक स्थान, खाद्यान्न पसल अगाडि, चोकहरुमा किटनाशक औषधि छर्कन थालिएको छ । खड्काले किटनाशक छिट्ने कार्यलाई निरन्तरता दिने बताए । 

नगरप्रमुख उद्धव खरेलले सबै वडामा स्प्रे गर्न थालिएको बताए । हरेक वडालाई जनही एउटा स्प्रेयर र किटनाशक विषादी उपलब्ध गराइएको उनले जानकारी दिए । 

यससँगै नगरपालिकाले लकडाउनको समयमा वडावासीको सहजताको लागि बिभिन्न कार्ययोजना तयार पारेको छ। जस अन्तर्गत नगरपालिकाको सहकार्यमा वडाले कोही बिरामी भएमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। 
साथै आफ्नो वडामा निम्नआय स्तर भएका स्थानीयको लागि खाद्यान्नको समस्या हुन नदिन स्थानीय समाजसेवीसँगको सहकार्यमा नुन, दाल, चामल जस्ता खाद्यय सामग्री प्रदान गरिने अध्यक्ष खड्काले बताए।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्