Kathmandu Press

झापामा कक्षा १२ काे परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।
झापामा कक्षा १२ काे परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

झापा, वैशाख २१ : झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार बिहान करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

Hardik ivf

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन्। उनको हाल अवस्था सामान्य रहेको अस्पतालस्रोतले जनाएको छ। गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यता गोली प्रहार भएको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए। 'अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन। प्रहरी घटना बुझ्दैछ,' एसपी केसीले भने।  
 

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्