एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी
जिल्ला कमिटीकाे १०औं अधिवेशनबाट अधिकारी १८० मतका साथ विजयी भएका हुन्।
बर्दिया, वैशाख २० : एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी भएका छन्।
जिल्ला कमिटीकाे १०औं अधिवेशनबाट अधिकारी १८० मतका साथ विजयी भएका हुन्। यसअघि दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारीकाे प्यानल विजयी भयाे। श्रेष्ठले १७० मत ल्याए।
अधिकारीको प्यानललाई पार्टी उपाध्यक्ष विष्णु पौडेल र श्रेष्ठको प्यानललाई पार्टी महासचिव शंकर पोखरेलले साथ दिएका थिए। त्यस्तै उपाध्यक्षमा दुर्गा वली, सचिवमा पदम ढकाल, उपसचिवमा लहनु थारू र संगीता थारू विजयी भएका छन्।
निर्वाचन समितिले नतिजा घोषणा गर्न भने बाँकी छ। नयाँ नेतृत्वका लागि बुधबार रातभर मतदान भएर बिहीबार बिहान ६ बजे मात्र मतदान सकिएको थियो।
प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार