कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
बेलहवा, चैत १४ : कपिलवस्तुमा माछा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो कपिलवस्तु नगरपालिका–८ वे....

बेलहवा, चैत १४ : कपिलवस्तुमा माछा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो कपिलवस्तु नगरपालिका–८ वेलहवामा रहेको माछा पोखरीमा डुबरे तरबेज धुनिया मुसलमानका छोराहरु १० वर्षीय अरमान र १२ वर्षीय सलमानको मृत्यु भएको हो।
उनीहरु गाउँको सामुदायिक माछापालन पोखरीमा नुहाउन गएका बेला डुबेका थिए। अचेत अवस्थामा भेटिएका उनीहरुलाई उद्दार गरी अस्पताल लगिएपनि जिल्ला अस्पताल तौलिहवाले मृत घोषित गरेको प्रदेश ५ का प्रहरी प्रवक्ता नवराज पोखरेलले जानकारी दिए।
शब पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

