राजस्व संकलन ८ खर्ब रुपैयाँ नजिक
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख १८ गतेसम्म राजस्व संकलन ७ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ ।
काठमाडौं, वैशाख १९ : महालेखा नियन्त्रक कार्यालयको एक प्रतिवेदनले राजस्व संकलन ८ खर्ब नजिक पुगेको तथ्य उजागर गरेको छ।
उक्त तथ्याङ्क अनुसार आन्तरिक स्रोतमार्फत सरकार चालू खर्च धान्ने अवस्थामा पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख १८ गतेसम्म राजस्व संकलन ७ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ ।
उक्त अवधिमा चालू खर्च भने ६ खर्ब ९९ अर्ब ३० करोड रूपैयाँ छ। सरकारले ९ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ बजेट खर्च गरेको छ।
यस अधिमा ८ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ आम्दानी भएको छ । यो रकम कर तथा गैरकर, अनुदान तथा अन्य प्राप्तिसहितको रहेको जनाइएको छ ।
प्रकाशित मिति: १४:४९ बजे, बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












