Kathmandu Press

निःशुल्क पीपीई सामग्री वितरण गर्दै महावीर पुन

काठमाडौं, चैत १४ : महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध ग....

निःशुल्क पीपीई सामग्री वितरण गर्दै महावीर पुन

काठमाडौं, चैत १४ : महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन्। बिहीबारदेखि पीपीई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताए।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई पीपीईको नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले बताए। 'एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ', उनले भने, 'एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु।'

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा ६ जना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पीपीई बनाउने छन्। 

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पीपीई बनाउन भनेपछि उनले बनाउन थालेका हुन्। “शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो” उनले भने, “अनि त्यही नमूनाअनुसार मैले पीपीई बनाउन थालेको हुँ।”

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्