Kathmandu Press

चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण

तथ्यांक कार्यालयले गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्य ३.५४ प्रतिशत रहनेछ।
चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं, वैशाख १८ : राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

तथ्यांक कार्यालयले गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहनेछ।

Hardik ivf

यस्तै, अर्थतन्त्रको आकार समेत ५७ खर्ब ०४ अर्ब रहने प्रक्षेपण गरिएको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी) को करिब ३४ प्रतिशत आयात हुने अनुमान छ । जीडीपीको ३३.७० प्रतिशत आयात हुने आँकलन समेत गरिएको छ।

आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ३४.६८ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा ४२.२७ प्रतिशत आयात भएको छ। चालु आर्थिक वर्षमा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ।

आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ६.९६ प्रतिशत र २०७८/०७९ मा ६.७० प्रतिशत निर्यात भएको छ । चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत राष्ट्रिय बचत हुने अनुमान छ।

तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३३.७९ र आर्थिक वर्ष २०७८/०७९ मा जीडीपीको २९.६३ प्रतिशत बचत भएको छ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, वैशाख १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्