Kathmandu Press

सुदूरपश्चिममा नाउपाकी टीका थापा बनिन् कृषिमन्त्री

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीकाे जिम्मेवारी पाएकी थापाले प्रदेश प्रमुख नजिर मियाँसमक्षा आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।
सुदूरपश्चिममा नाउपाकी टीका थापा बनिन् कृषिमन्त्री

कैलाली, वैशाख १८ :  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) की टीका थापा मन्त्री बनेकी छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीकाे जिम्मेवारी पाएकी थापाले प्रदेश प्रमुख नजिर मियाँसमक्षा आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।

Hardik ivf

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रीमण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए । यसअघि थापालाई बिनाविभागीय मन्त्री बनाउन लागिएको थियो। त्यसलाई अस्वीकार गर्दै उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने भन्दै विज्ञप्ति जारी गरेकी थिइन् ।

मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो। मुख्यमन्त्री सोडारीले यसअघि नै नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिसकेका छन्।

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, वैशाख १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्