प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजै निवास फर्कने तयारी
काठमाडौं, चैत १४ : मुटुको धड्कन बढ्ने समस्या देखिएको कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट....

काठमाडौं, चैत १४ : मुटुको धड्कन बढ्ने समस्या देखिएको कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै निवास फर्कने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कन सकिने प्रधानमन्त्रीको निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिइन्।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

