Kathmandu Press

‘सुनिमायालाई सँगै काटौंला जुनी माया...’लाई सार्वजनिक

मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ। 
‘सुनिमायालाई सँगै काटौंला जुनी माया...’लाई सार्वजनिक

अर्घाखाँची, वैशाख १७ : गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई...’ सार्वजनिक भएको छ। 

मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ। 

Hardik ivf

अर्घाको दरबार जोडियो घरबार।
सुपा देउराली माई रिमै सुनिमायालाई।
सपनी तिम्रै म पनि तिम्रै। 
हैनर पियारी, रिमै सुनिमायालाई।

ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल अर्घाखाँचीको सुपा देउराली, अर्घा दरबारलाई समेटेर अर्घाखाँचीसहितका आसपासका जिल्लामा गाइने लोक भाकामा गीत गाइएको छ। गीतको म्युजिक भिडियो सुपा देउराली र अर्घा भगवती मन्दिरलगायत विभिन्न पर्यटकीयस्थलमा छायाङ्कन गरिएको छ। गीतमा सुनितामी परियार र ईश्वर सिंहको स्वर  छ।

गीतलाई शिव हमालले लेखेको र सङ्गीत ईश्वर सिंहले दिएका छन्। म्युजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गर्नुभएको छ भने गायिका सुनितामी परियार आफैंले मोडलिङ गरेको छ। उनीलाई विनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिएका छन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ मा जन्मिएकी गायिका सुनितामीको यसअघि ‘माइती घर जाऊँ’, ‘मलाई घाइते पारेयोनी’, ‘निर जाले’, ‘सलल पानी’लगायतका गीत सार्वजनिक भइसकेका छन्।

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्