चुरे पहाडका अधिकांश वनमा डढेलो
सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भूबनोट तथा तीव्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ।
कैलाली, वैशाख १७ : कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ।
सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भूबनोट तथा तीव्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ।
चुरे गाउँपालिका ३ का डबलबहादुर शाहले डढेलोका कारण बहुमूल्य सालका बिरुवालगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर परेको बताए। वन कर्मचारीलाई डढेलोबारे जानकारी दिँदासमेत आगो निभाउन कुनै पहल नभएका कारण डढेलो थप फैलिँदै गएको उनको गुनासो छ।
चुरे ४ का स्थानीय प्रेमबहादुर गुरुङले उम्रिन डढेलो नियन्त्रणका लागि स्थान र भूबनोटअनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरूरी रहेको बताए।
डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने चुरेको भू—बनोटले गर्दा स्थानीय साधनस्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको बताए। गर्मीयाममा जताततै डढेलो फैलिएको र साधनस्रोतको अभावका बीच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउँदा बढी जोखिम हुनेहुँदा सो क्षेत्रमा जान समस्या भएको उहाँको भनाइ छ।
वन कार्यालयले गर्मीयाममा डढेलो नियन्त्रणका लागि जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयार गरी जनचेतनामूलक क्रियाकलापमा जोड दिने गरेको भने पनि प्रभावकारी हुननसकेको आरोप छ। कैलालीमा झण्डै छ सय सामुदायिक वनमध्ये चुरे र मोहन्याल गाउँपालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका जिल्ला वन कार्यालय कैलालीले जनाएको छ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)