सुहाङले बनाए फराकिलाे मतान्तर, खड्का र थेगिमबीच कडा टक्कर, मिलन निकै पछि
३२ हजार १९४ मत गणना हुँदा सुहाङले १३ हजार ६९ मत पाएका छन्।
काठमाडौं, वैशाख १७ : इलाम २ मा एमालेका सुहाङ नेम्वाङले मतान्तरलाई झनै फराकिलाे बनाएका छन्। ३२ हजार १९४ मत गणना हुँदा उनले १३ हजार ६९ मत पाएका छन्।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ३८६ प्राप्त गरेका छन्। उनीहरूबीचकाे मतान्तर ४ हजार ६८३ रहेकाे छ।
पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेसलाई कडा टक्कर दिइरहेकाे छ। उनले ८ हजार ९८ मत ल्याएका छन्। खड्का र थेगिमबीचकाे मतान्तर २८८ मात्र रहेकाे छ।
चाैथाे स्थानमा रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ७१३ मत ल्याएका छन् ।
प्रकाशित मिति: १४:०४ बजे, सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)







-(86)-1764936079.jpg)
