Kathmandu Press

बझाङ प्रदेशसभा १ मा एमालेका दमन भण्डारी विजयी

भण्डारीले सिंहलाई २६६ मतान्तरले पराजित गरेका हुन्।  
बझाङ प्रदेशसभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ, वैशाख १७ : बझाङ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन्। उनी ११ हजार ६१२ मत ल्याएर निर्वाचित भएका हुन्।

यहाँ नेपाली कांग्रेसका अभिषेक सिंह दाेस्राे स्थानमा रहे। उनले ११ हजार ३४६ मत प्राप्त गरे। भण्डारीले सिंहलाई २६६ मतान्तरले पराजित गरेका हुन्। माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए।

निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न भने बाँकी छ। उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्ह सुरु भएको मतगणना साेमबार मध्याह्न सम्पन्न भएकाे हाे। यसअघि याे क्षेत्रमा कांग्रेसले जितेको थियाे। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो।

 

 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्