Kathmandu Press

बझाङमा एमालेका भण्डारी अघि लागे, कांग्रेसका सिंह ३४२ मतले पछि

बझाङमा एमालेका भण्डारी अघि लागे, कांग्रेसका सिंह ३४२ मतले पछि
Hardik ivf

बझाङ, वैशाख १७ : बझाङको प्रदेशसभा १ मा एमालेका दमनबहादुर भण्डारीले अग्रतालाई अलिकति फराकिलो बनाएका छन्। उपनिर्वाचनको पछिल्लो मतिरणामअनुसार उनले ११ हजार १०३ मत ल्याएका छन्।

कांग्रेसका अभिषेकबहादुर सिंहले उनलाई पछ्याइरहेका छन्। सिंहले १० हजार ७६१ मत ल्याएका छन्। उनीहरूबीच ३४२ मतान्तर देखिएको छ। यहाँ भण्डारी र सिंहले एकअर्कालाई उछिन्ने क्रम चलरिहेको छ। 

त्यसैगरी तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७९७ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन्। यहाँ सदर मत २८ हजार ५६८ छ। यसअघि यो क्षेत्रमा कांग्रेसले जितेको थियो। त्यतिबेला कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो।

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, वैशाख १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्