Kathmandu Press

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

मृत्यु हुनेमा आमचोक गाउँपालिका-१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ।
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

काठमाडौं, वैशाख १७ : भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा आमचोक गाउँपालिका-१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ।

Hardik ivf

बालाङ्खाबाट मैयुटार जाँदै गरेको को१ज २६१७ नम्बरको बोलेरो जिप दुधकोसी नदी किनारमा खसेको हाे।

जिपमा कतिजना सवार थिए भन्ने नखुले पनि ११ देखि १४ जना सवार रहेको हुन सक्ने जनाइएकाे छ। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा क्याम्प पठाइएको प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्