माङ्सेबुङ-५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठुला दलको ६९ कटेन
पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढ्दाे क्रममा छ।
इलाम, वैशाख १७ : प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढ्दाे क्रममा छ। २७ हजार ६ सय १५ मतगणना गर्दा सुहाङ ३ हजार ७ सय ५४ मतान्तरले अगाडि छन्। नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत मात्र प्राप्त गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू १ हजार ५ सय १२ मतसहित चौथो सीमित छन्।
माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन्। सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे।
रास्वपाका लिम्बूले तीन मत पाए। सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन्। अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम-२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।



-(7)-1765197040.jpg)







-(86)-1764936079.jpg)
