Kathmandu Press

इलाममा कांग्रेसका खड्काकाे अग्रता कायमै, पछ्याउँदै एमालेका सुहाङ

तेस्रो र चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले क्रमशः ३११ र २०८ मत पाएका छन्। 
इलाममा कांग्रेसका खड्काकाे अग्रता कायमै, पछ्याउँदै एमालेका सुहाङ

इलाम, वैशाख १६ : इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता कायमै राखेका छन्।

आइतबार मध्याह्नदेखि फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणअनुसार उनले ११ सय ४५ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन्। यहाँ कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिएका छन्।

Hardik ivf

तेस्रो र चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले क्रमशः ३११ र २०८ मत पाएका छन्। 

फाकफोकथुमको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो। फाकफोकथुमपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी भइरहेको जनाइएको छ।

इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन्। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्