बझाङमा पनि उपनिर्वाचनको मतगणना सुरू
बिहान १ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो।
बझाङ, वैशाख १६ : बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। बिहान १ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो।
छबिसपाथिभेरा गाउँपालिका १ र २ बाट गणना थालिएको हो। शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो।
यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन्। आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो।
प्रकाशित मिति: १४:१९ बजे, आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार