Kathmandu Press

बझाङमा दिउँसो १ बजेदेखि मतगणना

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो।
बझाङमा दिउँसो १ बजेदेखि मतगणना
Hardik ivf

धनगढी, वैशाख १६ : बझाङ प्रदेशसभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।

मतगणनाका लागि बसेकाे सर्वदलीय बैठकले १ बजे मतगणना थाल्ने निर्णय गरेको हो। मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, वैशाख १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्