Kathmandu Press

इलाम-२ मा मतगणना सुरू

सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकपछि फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो।
इलाम-२ मा मतगणना सुरू

इलाम, वैशाख १६ : इलाममा मतगणना सुरू भएको छ। गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो। बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो।

सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकपछि फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो। फाकफोकथुमपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी भइरहेकाे जनाइएकाे छ।

Hardik ivf

मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिने बताइएको छ। 

इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन्। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो।

प्रकाशित मिति: १२:२९ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्