Kathmandu Press

पर्यटन प्रवर्द्धनका लागि पत्रकार काफ्लेको ‘हाम्रो मानुङ्गकोट’ बोलको गीत सार्बजनिक 

गीतमा काफ्ले स्वंयमले स्वर दिएका छन् । गीतले मानुङ्गकोटको सुन्दरता र मानुङ्गकोटबाट देखिने दमौली बजार, मादी नदीका बारेमा चर्चा गरिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि पत्रकार काफ्लेको ‘हाम्रो मानुङ्गकोट’ बोलको गीत सार्बजनिक 

काठमाडौं, वैशाख १६ : पत्रकार प्रदिप काफ्लेले पर्यटन प्रवर्द्धनका लागि  ‘हाम्रो मानुङ्गकोट’ बोलको गीत सार्बजनिक गरेका छन् । तनहुँको ब्यास नगरपालिका–५ मा पर्ने लोकप्रिय पर्यटकीय गन्तब्य मानुङ्गकोटको पर्यटन प्रवर्द्धनका लागि गीत सार्बजनिक गरिएको हो । 

प्रशिद्ध संगीतकार राजकुमार बगरको संगीत रहेको उक्त गीतको रचना पत्रकार काफ्लेले गरेका हुन् । गीतमा काफ्ले स्वंयमले स्वर दिएका छन् । गीतले मानुङ्गकोटको सुन्दरता र मानुङ्गकोटबाट देखिने दमौली बजार, मादी नदीका बारेमा चर्चा गरिएको छ । उनले आफ्नो गीतमा मानुङ्गकोटलाई स्वर्गको एक टुक्रा भनेर व्याख्या समेत गरेका छन् । 

Hardik ivf

पछिल्लो समय तनहुँ जिल्लाको मात्र नभई देशकै प्रमुख पर्यटकीय गन्तब्य मानुङ्गकोट सनराइज, कुईरोको समुन्द्र र रमणीय स्थलहरुको अवलोकनका पर्यटकहरु लालायित हुने गर्दछन् । दमौली बजारबाट ७ कि.मी को दुरीमा मानुङ्गकोट पुग्न सकिन्छ । 

व्यास नगर र यसभित्रका पर्यटकीय गन्तब्यहरुको प्रवर्द्धन गर्ने उद्देश्यले गीतको रचना गरिएको गायक एवं पत्रकार काफ्लेले बताए । उनले आफ्नो गाउँठाउँमा भएका पर्यटकीय गन्तब्यको पहिचानमा सबैजना सक्रिय भएर लाग्नुपर्ने सुझाव समेत दिए ।

पत्रकारिताको क्षेत्रमा लामो समय बिताएका काफ्ले हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन् । काफ्लेको यो नै पहिलो गीत हो । 

प्रकाशित मिति: ०८:४८ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्