Kathmandu Press

आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानले विद्यालयका ३२० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिइन्।
आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

काभ्रे, वैशाख १५ : आमाको स्मृति स्थापित दिलकुमारी के।सी  स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरेको छ।

अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानले विद्यालयका ३२० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिइन्।

शनिवार विद्यालयमा आयोजित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द के।सी, प्रतिष्ठानका अध्यक्ष उषा कार्की, उपाध्यक्ष भरत के।सी, कोषाध्यक्ष लक्ष्मण के।सी लगायत परिवारका सदस्यले विद्यार्थीहरुलाई ज्याकेट प्रदान गरेका थिए।

_5gS6AXH-1714232418.jpeg

विद्यालयका शिक्षक सोविता केसीले प्रतिष्ठान समक्ष विद्यार्थीका समस्याका बारेमा जानकारी गराएपछि प्रतिष्ठानले उक्त विद्यालयमा सहयोग गर्न तयार भएको थियो।

प्रतिष्ठानका अध्यक्ष नवराज केसीले आमाको स्मृती गठन भएको फाउण्डेशनले विभिन्न सामाजिक काम गर्दै आएको बताए।  ‘हामीले आमाको सम्झनामा फाउण्डेशन खडा गरेर आफ्नो जन्मभूमी नेपालभर सक्दो सहयोग गर्दै आईरहेका छौं। आगामी दिनमा यस्ता कार्यलाई अझै तिब्रता दिनेछौं,’ फाउण्डेशनका अध्यक्ष नवराज केसीले भने।

गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी काठमाडौं आसपासका जिल्लाका सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।

3oVPv1Tp-1714232418.jpeg

बनेपा नगर प्रमुख शाक्यले नगरभित्रका बालबालिका लाभान्वित हुने गरी सहयोग गरेकोमा आभार प्रकट गरे। धुलिखेल नगर प्रमुख व्याञ्जूले संस्थाले प्रतिष्ठानमार्फत भएका कामको प्रशंसा गरे।

बनेपा नगरपालिका वडा नं ६ का अध्यक्ष सचितानन्द केसीले सामुदायिक विद्यालय सुधारको लागि पहल गरिरहेको बताए।

प्रकाशित मिति: २१:२६ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्