Kathmandu Press

१९१ जेष्ठ सदस्यलाई आभाष सहकारीको सम्मान

प्रबन्धक वैद्यका अनुसार यो वर्ष बनेपा मुख्य कार्यालयबाट १ सय ६३ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी १ सय ९१ जनालाई सम्मान गरिएको छ।
१९१ जेष्ठ सदस्यलाई आभाष सहकारीको सम्मान

काभ्रे, वैशाख १५ : बनेपाको तीनदोबाटोमा रहेको आभाष बचत तथा ऋण सहकारीले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ।

सहकारीले वर्ष १९१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको  संस्थाका प्रबन्धक सुवाष वैद्यले जानकारी दिए। संस्थाले २०७४ साल देखि ७० वर्ष उमेर पुग्नुभएका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको उनले बताए।

उनकाका अनुसार यसवर्ष अकिलबहादुर शाहीलाप्ई उत्कृष्ट बचत गर्ने जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको छ।

Hardik ivf

X9LhkLfR-1714223979.jpeg

पनौती र भकुण्डेबेंसी सेवाकेन्द्र मार्फतसमेत वित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थाले जेष्ठ सदस्यहरुलाई थर्मस, हटकेस र कप उपहार प्रदान गरेको छ। २०७४ साल देखि संस्थाले निरन्तर जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको छ।

प्रबन्धक वैद्यका अनुसार यो वर्ष बनेपा मुख्य कार्यालयबाट १ सय ६३ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी १ सय ९१ जनालाई सम्मान गरिएको छ।

सम्मान कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले ज्येष्ठ नागरिकाको सम्मान, आवश्यक सेवा र उचित पालनपोषण गर्नु पर्ने बताए। उनले आभाषले वर्षेनी ज्येष्ठ नागरिकको सम्मान गर्दै समाजलाई सकारात्मक सन्देश प्रवाह गरेकोमा धन्यवाद दिए।

1Bh8yKt7-1714223980.jpeg

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका वडा अध्यक्षहरु, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष उदयराम कायश्थ, संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले, प्रकाश कायश्थ लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चलन र सांस्कृतिका वाहक भएकोले आभाष सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेकोमा प्रशंसा गरेका थिए।

कार्यक्रम संस्थाका अध्यक्ष दिनेशराज कायश्थको अध्यक्षतामा सम्पन्न भएको थियो ।

FBNo3aLv-1714223978.jpeg

eHS5-L50-1714223978.jpeg

 

y8XzyjJO-1714223979.jpeg

प्रकाशित मिति: १९:०६ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्