Kathmandu Press

रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन

गणजित बल (मनिष)को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छा मान लामा, द्वितीय उपाध्यक्ष वृक माया तामाङ, महासचिव बिकास लामा, सचिव निर्जला थापा आचार्य र कोषाध्यक्ष चन्द्रबहादुर लामा छन्।
रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन

काभ्रे, वैशाख १५ : रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन गरिएको छ। जिल्ला र नगरमा गठन हुँदै आएको उद्योग वाणिज्य संघ गाउँपालिकामा पनि गठन भएको हो।

गणजित बल (मनिष)को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छा मान लामा, द्वितीय उपाध्यक्ष वृक माया तामाङ, महासचिव बिकास लामा, सचिव निर्जला थापा आचार्य र कोषाध्यक्ष चन्द्रबहादुर लामा छन्। सदस्यहरुमा मञ्जु लामा, कविता रायमाझी, अमृत लामा, लक्ष्मी वाईबा, आशा लाल लामा, बिर सिं लामा छन्।

जिल्ला प्रशासन कार्यालय, रोशी गाउँपालिकामा दर्ता, सुचिकृत भइसकेको उद्योग वाणिज्य संघले शनिवारबाट कटुञ्जेवेशीमा कार्यालय समेत सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्घाटन गरे।

Hardik ivf

g48_zM95-1714223981.jpeg

उप–प्रमुख तामाङले परम्परागत रुपमा कुनै पनि उत्पादन गर्दा त्यसले लागत समेत बढाउने भन्दै व्यवसायिकरणमा जोड दिए। युवाहरुले केही न केही उद्यम गर्नुपर्ने तर्क गर्दै उनले रोशीमा गठन भएको उद्योग वाणिज्य संघले यहाँको समृद्धीमा भुमिका खेल्ने बताए।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले देशमा ठूला उद्योग स्थापना हुन नसकेको तर्क गर्दै स्थानीय तहमा कृषिमा आधारित, साना, मझौला, घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । उत्पादन भन्दा बजारिकरणको समस्या प्रमुख देखिएको भन्दै उनले सहकार्य गर्न स्थानीय तह तयार रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजूले उद्योगी, व्यवसायी धारासायी अवस्थामा पुगेको भन्दै स्थानीय सरकारहरुले सहकार्य गर्नुपर्ने तर्क गरे। यस्तै वरिष्ठ पत्रकार इश्वरी ओझाले साना उद्यमीलाई प्रोत्साहन गर्दै सबै व्यवसायीलाई समेटेर लैजान संघलाई अनुरोध गरे।

mQ4g_dMO-1714221180.jpeg

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठले व्यवसाय कर उठाउनको लागि स्थानीय तहले उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिएर सहकार्य गर्नुपर्ने बताए। नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले व्यवसायी राज्यको मेरुदण्ड भएकोले सहकार्य गर्दै संघलाई स्थानीय सरकारका कार्यक्रमका जिम्मेवारी दिन अनुरोध गरे।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं १२ का अध्यक्ष वसन्तकुमार तामाङले रोशीमा पर्यटन व्यवसायको सम्भावना रहेको भन्दै एग्रो–टुरिजममा जोड दिनुपर्ने बताए।

अध्यक्ष गणजित बलले सबै पक्षको सहयोग र सहकार्यमा नै अघि बढ्ने भन्दै उनले सीप विकास तालिम, आयआर्जनका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई अनुरोध गरे। गाउँमा नै उद्योग, व्यवसाय सञ्चालन गर्न सकियो भने उपत्यका र विदेशिएका युवालाई गाउँ फर्काउन सकिने बताए।

कार्यक्रममा रोशी उद्योग वाणिज्य संघका महासचिव विकास लामा, सचिव निर्जला थापा आचार्यले लगायतले रोशीमा उद्योग, व्यवसायका सम्भावना र चुनौतीका बारेमा चर्चा गरेका थिए।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्