Kathmandu Press

पनौती सुब्बागाउँकाे मुक्तिनाथ मन्दिरमा पर्सिदेखि दोस्राे ब्रम्होत्सव

२०७३ सालमा लगाइएको सप्ताह ज्ञान महायज्ञको रकमबाट २०७४ मङ्सिर १४ गते निर्माण सुरु गरिएको मन्दिर २०७८ असोज २५ मा निर्माण सम्पन्न गरि नियमित पूजा आजा हुँदै आइरहेको छ।
पनौती सुब्बागाउँकाे मुक्तिनाथ मन्दिरमा पर्सिदेखि दोस्राे ब्रम्होत्सव

काभ्रे, वैशाख १५ : पनौती नगरपालिका वडा नम्वर ५ बाँसघारी सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरमा पर्सि (वैशाख १७ देखि) दोश्रो ब्रम्होत्सव गरिने भएको छ। ब्रम्होत्सव १९ गतेसम्म चल्नेछ। शुक्रबार दोश्रो ब्रम्होत्सव तयारी मूल समारोह समितिले मुक्तिनाथ मन्दिरको प्रांगणमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

२०७३ सालमा लगाइएको सप्ताह ज्ञान महायज्ञको रकमबाट २०७४ मङ्सिर १४ गते निर्माण सुरु गरिएको मन्दिर २०७८ असोज २५ मा निर्माण सम्पन्न गरि नियमित पूजा आजा हुँदै आइरहेको छ।

Hardik ivf

पत्रकार सम्मेलनमा मुक्तिनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष कुमार थापाले नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर धेरै टाढा भएकाले सबै भक्तजनहरुलाई सहज बनाउनको लागि मुस्ताङमा रहेको मुक्तिनाथ बाट शिला ल्याएर मन्दिर स्थापना गरिएको जानकारी दिए। उनले पनौतीमा रहेको र मुस्ताङ मा रहेको मुक्तिनाथ एउटै भएको समेत स्पस्ट पारे।

पत्रकार सम्मेलनमा पनौती नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विनोद खत्रीले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न धेरै टाढाबाट भक्तजनहरु आउने गरेको बताए। उनले मन्दिर निर्माणले यस वरपरको व्यापार व्यवसाय फस्टाएको भन्दै अझै यसलाई प्रचार प्रसार गरेर लान आवश्यक भएको स्पस्ट पारे।

मुक्तिनाथ मन्दिरको दोस्रो ब्रम्होत्सवमा आगामी बैशाख १७ गते पुर्वाङ्ग हुनेछ। पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्रम्ह्वाणवरण, अङ्कुरारोपण, द्धारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण हुनेछ। १८ गते नित्य पुजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजाका साथ मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणी धामसम्म यात्रोत्सव गरिने बताइएको छ।

ब्रम्होत्सवको अन्तीम दिन १९ गते विहान ११ बजे महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्धारा महाभिषेक र कल्याण उत्सव गरिनेछ।

प्रकाशित मिति: १४:५४ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्