उपनिर्वाचन अपडेट : इलाममा ४० प्रतिशत मतदान
विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना(खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो।
काठमाडौं, वैशाख १३ : इलाम २ को उपचिर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको तर औसतमा ४० प्रतिशत मतदान भएको जानकारी दिए। बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो।
इलामको ६ वटा पालिकाका ४२ वटा वडामा १४९ मतदान केन्द्र छन्। शनिबार बिहानदेखि नै इलाम २ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
गत २०७९ मंसिर ४ मा भएको चुनावमा इलाम २ बाट एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए। उनकाे निधन भएपछि त्यहाँ उपनिर्वाचन गरिएको हो।
प्रकाशित मिति: १३:४४ बजे, शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












