Kathmandu Press

‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’ 

शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिंदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ भारतलगायत विश्वका देशहरुमा निर्यात बढाइरहेकोमा खुशी व्यक्त गरिन्।
‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’ 

काठमाडौं, वैशाख १५ : कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताएकी छन्।

शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिंदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ भारतलगायत विश्वका देशहरुमा निर्यात बढाइरहेकोमा खुशी व्यक्त गरिन्। आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा टेवा पुग्न गएको एवम चुलिँदो व्यापार घाटालाई न्यूनीकरण गर्न चियाले उल्लेख्य योगदान गरेको पनि मन्त्री शाहले बताइन्। 

Hardik ivf

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले कृषि उपजहरूमध्ये आन्तरिक उपभोग र निर्यात व्यापारमा समेत उल्लेखनीय उपस्थिति जनाउने नेपाली चिया गुणस्तरमा अब्बल रहेको कुरा अन्तर्राष्ट्रिय चिया परीक्षण प्रतिस्पर्धामा अब्बल देखिएको प्रमाणित भइसकेको बताए।

‘रोपण क्षेत्र विस्तार, उत्पादकत्व बृद्धि, नयाँ प्रविधिजन्य प्रशोधन पद्धती एवम आकर्षक प्याकेजिक र बजारीकरणका माध्यमबाट नेपाली चियालाई अझै बलियो बनाउन सबैले दृढ संकल्प गर्नुपर्छ,’ खनालले भने। 

‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बैशाख १५ गते २८ औं राष्ट्रिय चिया दिवस मनाइँदैछ।

प्रकाशित मिति: १३:३३ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्