Kathmandu Press

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए।
औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

हेटौंडा, वैशाख १५ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग अत्तिन नपर्ने बताएका छन्। उनले व्यवसायिलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताए।

नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

बागमती प्रदेशमा भएका सबै औषधी व्यवसायीसँगै उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरुलाई समेत एक बनाएर अगाडि बढ्न सुझाएका उनले औषधि व्यवसायलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाएर आर्थिक अनुशासन देखिने गरी कार्य गनुपर्ने धारणा राखे । उनले सरकार व्यवसायीमैत्री हुने बताए।  

‘औषधीको गुणस्तरमा ध्यान दिनु सरकारी पक्षको मात्र काम होइन। यसमा निजी संस्थाका व्यवयासी साथीले पनि आफ्नो दायित्व पूरा गर्न सक्रिय रुपमा लाग्नुहुन्छ  भन्ने विश्वास लिएको छु,’  मन्त्री श्रेष्ठले भने, ‘औषधी व्यवसायीलाई   बलियो बनाउन बागमती प्रदेश मन्त्रालय सधै तत्पर रहन्छ।’

सबै औषधी व्यवसाय नाफामुलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धिकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाव दिए।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्