Kathmandu Press

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने

काठमाडौं, चैत १३ : थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवस....

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने

काठमाडौं, चैत १३ : थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने भएको छ। 

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि भिडियोमार्फत महोत्सवको आयोजना गर्न लागेको थिएटर मल–कीर्तिपुर महोत्सवका निर्देशक केदार श्रेष्ठद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विपद्का बेलामा वास्तविक नाटकमार्फत आनन्द, अनुभूति दिन नसके पनि भिडियोमार्फत गर्ने तयारी गरेको विज्ञप्तीमा जनाइएको छ।

विज्ञप्तिमा आफ्ना नाटकको भिडियोसहित महोत्सवका लागि प्रत्येक दिन साँझ ५ बजे सहभागी हुन सबै रङ्गकर्मीलाई आग्रह गरिएको छ। हरेक दिन फरक फरक एक नाटकको प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त महोत्सव थिएटर मलको फेसबुक पेजबाट प्रत्यक्ष हेर्न सकिनेछ। 

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्