Kathmandu Press

आधा सिलिन्डर ग्यास बेच्न सरकारको निर्देशन

काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमण बढ्न नदिन मुलुक लकडाउन भएसँगै बजारमा ग्यासको अभाव भएपछि आधा सिलिन्डर ग्यास बेच्च सरकारले निर्देशन दिएको छ।

आधा सिलिन्डर ग्यास बेच्न सरकारको निर्देशन

काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमण बढ्न नदिन मुलुक लकडाउन भएसँगै बजारमा ग्यासको अभाव भएपछि आधा सिलिन्डर ग्यास बेच्च सरकारले निर्देशन दिएको छ।

ग्यासको निरन्तर आयात भएपनि उपभोक्ताले बढी मात्रामा स्टोर गर्न थालेपछि बजारमा अभाव देखिएको छ। बजारमा ग्यासको अभाव हुन नदिन आधा सिलिनडर ग्यास बेच्न बोटलिङ प्लान्ट व्यवसायीहरुलाई निर्देशन दिएको नेपाल आयल निगमले जनाएको छ।

निगमको निर्देशनपछि ग्यास उद्योगले बिहीबरदेखि ७.१ किलो ग्यास सिलिन्डर बेच्ने तयारी गरेका छन्।

निगमका अनुसार उपभोक्ताले आधा सिलिन्डर ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।

निगमका अनुसार मंगलबार र बुधबार ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । कम समयमा यो सबैभन्दा बढी आएको ग्याँस हो।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्