Kathmandu Press

मधेस सरकारमा बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी

गत वैशाख ६ गते बनाविभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरिन्।
मधेस सरकारमा बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी

जनकपुरधाम, वैशाख १३ : नेकपा एकीकृत समाजवादीबाट मधेस प्रदेश सरकारमा गएकी बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएकाे छ।

गत वैशाख ६ गते बनाविभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरिन्। लुंगेली सर्लाही १ (१) बाट निर्वाचित भएकी हुन्।

Hardik ivf

यस्तै माओवादी केन्द्रबाट भरतप्रसाद साह पनि बिनाविभागीय मन्त्री छन्। उनी अर्थ मन्त्रालय लिने अडानमा छन्। मुख्यमन्त्री सरोजकुमार यादवले पछिल्लाेपटक विश्वासको मत लिने बेलामा अर्थ मन्त्रालय दिने वचन दिएकाे उनकाे दाबी छ।

यादवले भने उनलाई वन तथा वातावरण मन्त्री बनाउन चाहेकाे बताइएकाे छ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्