सार्वजनिक स्थलमा किटनाशक औषधि छर्ने कामलाई निरन्तरता दिँदै महानगर
काठमाडौं चैत १३ : सार्वजनिक स्थलमा किटनाशक औषधि छर्ने कामलाई काठमाडौं महानगरपालिकाले आज पनि निरन्तरता दिएको छ। बुधबारदेखि काठमाडौंको बढी भिडभाड हुने स....

काठमाडौं चैत १३ : सार्वजनिक स्थलमा किटनाशक औषधि छर्ने कामलाई काठमाडौं महानगरपालिकाले आज पनि निरन्तरता दिएको छ। बुधबारदेखि काठमाडौंको बढी भिडभाड हुने स्थानहरुमा किटनाशक औषधि छर्कन थालेको महानगरले आजपनि औषधि छर्केको हो।
यसै क्रममा आज बिहान ४ हजार लिटर क्षमता भएको तीनवटा जेट मेसिनले औषधि छर्केका छन्। महानगरपालिकाका अनुसार आज बिहान बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल क्षेत्रमा एउटाले, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म अर्को र तेस्रोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको छ।
नगर प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार दिउँसोमा महानगरको उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएको ट्याङकर परिचान हुनेछ। उनले ४० हजार लिटर पानीमा १ सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने अबको योजना रहेको जानकारी दिए। उनले बाक्लो बस्ती भएको क्षेत्र, अत्यावश्यक सामाग्रीको लागि चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। साथै ब्रुमरको प्रयोगले सडक सफा गरि पानीले पखाल्ने काम भइरहेको उनले बताए।
बुधबार वीर अस्पताल, टेकु अस्पतालसहित भित्री शहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा औषधि छर्किएको थियो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

