Kathmandu Press

ट्याक्टरले किचेर एकको मृत्यु

मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिए।
ट्याक्टरले किचेर एकको मृत्यु

मकवानपुर, वैशाख १३ : कैलाश गाउँपालिका-१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

Hardik ivf

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्रयाक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

प्रहरीले ट्याक्टर र त्यसका चालक भीमफेदी गाउँपालिका–९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्