Kathmandu Press

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित एक युवक पक्राउ

जनकपुरधाम, चैत १३ : धनुषा प्रहरीले होलीपर्वमा एक व्यक्तिको हत्या गरेको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शहीद नगरपालिका ३ का ६....

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित एक युवक पक्राउ

जनकपुरधाम, चैत १३ : धनुषा प्रहरीले होलीपर्वमा एक व्यक्तिको हत्या गरेको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शहीद नगरपालिका ३ का ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नम्बर ७ का अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको हो।

शहीदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि होलीपर्वको दिन कङ्क्रिट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्