Kathmandu Press

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टाइनमा

काठमाडौं, चैत १३ : सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा थप २३ जनालाई राखिएको छ। भारतका विभिन्न ठाउँबाट....

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटी क्वारेन्टाइनमा

काठमाडौं, चैत १३ : सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा थप २३ जनालाई राखिएको छ। भारतका विभिन्न ठाउँबाट आएका २३ जनालाई बुधबार राति सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पुर्‍याएको हो।  

विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी हाल खरिपाटीस्थित क्वारेन्टाइन्मा ९६ जना रहेको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए। सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन पुर्‍याइएको थियो। त्यसपछि १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई खरिपाटी क्वारेन्टाइन ल्याइएको थियो।

क्वारेन्टाइमा राखिएकालाई नियमित जाँच गर्न दुईजना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँचजनाको टोली खटिएका छन् । कोरोना सङ्क्रमणको आशङ्का देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा छ।

क्वारेन्टाइनमा सबैलाई कम्तीमा १४ दिन राखिने छ । उक्त समयमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लगिने जनाइएको ।  

आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्ने छन्। प्राधिकरणको क्यारेन्टाइनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ। क्वारेन्टाइन स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्