इन्डक्सन चुल्हो प्रयोग गर्नेले विद्युत महशुलमा २० प्रतिशत छुट पाउने
काठमाडौं, चैत १३ : लकडाउनको समयमा इन्डक्सन चुल्होमा खाना बनाउनेले विद्युत महशुलमा २० प्रतिशत छुट पाउने भएका छन् । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त....

काठमाडौं, चैत १३ : लकडाउनको समयमा इन्डक्सन चुल्होमा खाना बनाउनेले विद्युत महशुलमा २० प्रतिशत छुट पाउने भएका छन् । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले इन्डक्सन चुल्हो प्रयोग गरेर खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन्।
इन्डक्सन प्रयोगमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने भन्दै उनले ग्यास भन्दा इन्डक्सन सस्तो पर्ने भएकोे उपभोक्तलाई इन्डक्सनमा खाना पकाउन आग्रह गरे। ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ। विद्युत हाम्रो आफ्नै उत्पादन हो’, उनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ।’
कोरोना भाइरसको संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

