सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई घाइते
सिन्धुली, चैत १३ : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।
दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्द....

सिन्धुली, चैत १३ : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।
दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीया फुलवती धामी घाइते भएका हुन् । घाइते दम्पतीकोलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीय तीर्थ बरालले जानकारी दिए।
घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई सुँढले तानेर फाल्दा उनीहरु घाइते भएका हुन्। देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घरमा पूर्णरूपमा क्षति गरेको छ।
प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







