भ्याटछलीको आरोपमा टुटल र पठाओमाथि कारबाहीको तयारी
काठमाडौं, फागुन १३ : टुटल र पठाओलाई भ्याट छलीको आरोपमा कारबाही गर्ने तयारी गरिएको छ । दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भ....
काठमाडौं, फागुन १३ : टुटल र पठाओलाई भ्याट छलीको आरोपमा कारबाही गर्ने तयारी गरिएको छ । दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले यात्रुसँग भ्याट सहित भाडा असुल गरेको तर सरकारलाई भ्याट नतिरेको भन्दै आन्तरिक राजश्व विभागले कारबाही गर्ने तयारी गरेको हो ।
काठमाडौंमा टुटल र पठाओको पक्ष र विपक्षमा बहस भइरहेकावेला कार्यलयले भ्याट छलिको आरोपमा काराबाही गर्ने तयारी भएको छ । दुवै कम्पनीको बारेमा छानविन चलिरहेको र केही समय भित्रै प्रतिवेदन तयार हुने आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए ।
‘कति सेवा दिएर कति रकम तिर्नुपर्ने हो, अहिले छानविन भइरहेको छ । छिट्टै नतिजा आउने छ,’ ढुंगेलले काठमाडौंप्रेससँग भने । गत महिना टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै ट्राफिक प्रहरीले कारवाही थालेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीकै ठाडो निर्देशन दिएर तत्काल कुनै पनि कारबाही नगर्न भनेपछि टुटल र पठाओले पुनः सेवा दिइरहेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने व्यवस्था छ । नेपालको यातायात व्यवस्था ऐनले निजी सवारीसाधन भाडाको प्रयोजनमा लगाउन पाउने परिकल्पना भने गरेको छैन । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सोही एनेलाई टेकेर कारबाही थालेको थियो ।
सेवाग्राहीसँगबाट १३ प्रतिशत भ्याट लिने गरे पनि मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता नभएको पाइएपछि विभागले छानविन थालेको हो ।
भ्याटमा दर्ता नभइकन यात्रुसँग १३ प्रतिशत बढी रकम असुलेको पाइएकोले सोही अनुसार कारबाही गर्न लागिएको ढुंगेलले जानकारी दिए ।