Kathmandu Press

प्रतितोला २७ सय रुपैयाँ घट्यो सुनको मूल्य

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ।
प्रतितोला २७ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडाैं, वैशाख ११ : स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आज एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ। सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्