Kathmandu Press

आर्थिक लेनदेनविना हाजिर हुनबाट रोकिए शिक्षकहरू

भक्तपुर जिल्लाका केहि विद्यालयहरुले पदस्थापनका लागि तोकिएको विद्यालयमा जादा आर्थिक लेनदेनको प्रस्ताव राख्दै आफुहरुलाई हाजिरी हुन नदिएको पीडित शिक्षकहरुले गुनासो गरेका छन्।
आर्थिक लेनदेनविना हाजिर हुनबाट रोकिए शिक्षकहरू

भक्तपुर, वैशाख १० : शिक्षा सेवा आयोग उत्तिर्ण गरी पदस्थापनका लागि नियुक्ति लिएर पुगेका शिक्षकहरुलाई सम्वन्धित विद्यालयले हाजिरी हुन नदिएपछि ति शिक्षकहरु अलमलमा परेका छन्।

भक्तपुर जिल्लाका केहि विद्यालयहरुले पदस्थापनका लागि तोकिएको विद्यालयमा जादा आर्थिक लेनदेनको प्रस्ताव राख्दै आफुहरुलाई हाजिरी हुन नदिएको पीडित शिक्षकहरुले गुनासो गरेका छन्।

‘नियुक्ति लिएर जादा विद्यालयका जिम्मेवार पदाधिकारीहरुले आर्थिक लेनदेनको विषय नमिलाएसम्म हाजिर गर्न नदिने भन्दै फर्काइयो, यता शिक्षा शाखामा पनि हाजिरी गर्न नमिल्ने हुदा हामी कैयौ शिक्षक साथीहरु अलपत्र परेका छौ’ एक पीडित शिक्षकले गुनासो गरे।

भक्तपुरमा मात्र यसरी हाजिरी हुन नदिइएका दर्जनौं शिक्षकहरु अलपत्र बनेका छन्। उनीहरुले सयुक्तरुपमा सम्वन्धित निकायमा गुनासो गरेपनि अझै सुनुवाई हुन नसक्दा नियुक्तिपत्र लिएर पनि अलपत्र अवस्थामा बस्नुपरेको छ।

प्रकाशित मिति: २१:५० बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्