Kathmandu Press

दोलालघाटमा सशस्त्र प्रहरी बलकाे विपद् प्रतिकार्य अभ्यास

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभे्रको आयोजनामा भुम्लु गाउँपालिकाको सुनकोशी नदीमा मनसुन विपद् प्रतिकार्य अभ्यास मनसुन एवम् विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको हो।
दोलालघाटमा सशस्त्र प्रहरी बलकाे विपद् प्रतिकार्य अभ्यास

काठमाडाैं, वैशाख १० : सशस्त्र प्रहरी बल काभ्रेले भुम्लु गाउँपालिकाको दोलालघाटमा विपद् प्रतिकार्य अभ्यास गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभे्रको आयोजनामा भुम्लु गाउँपालिकाको सुनकोशी नदीमा मनसुन विपद् प्रतिकार्य अभ्यास मनसुन एवम् विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको हो।

Hardik ivf

मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनु पर्ने पूर्व तयारीका लागी भारी वर्षातका कारण बाढी आउँदा खोलाले बगाएका व्यक्तिलाई उद्धार,विपदमा खटिएको सुरक्षा फौजको टिम नै असुरक्षित भएको अवस्थामा कसरी उद्धार गर्न सकिन्छ भन्ने विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको थियो।

मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनीकरण तथा पूर्व तयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको विपद् व्यवस्थापन जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी त्रिभुवन विष्टले काभ्रे जिल्लामा विगतमा भएका विपद्बाट पाठ सिक्दै मनसुनमा हुन सक्ने विपद्का बारेमा तयारी गर्न अभ्यास महत्त्वपूर्ण भएको बताउनु भएको थियो।

पूर्वजानकारीबिना आउने यस्ता विपद्ले पुराउने क्षतिको आङ्कलन गर्न नसकिने हुँदा पुर्वतयारिका साथ लागेर क्षतिलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो अभ्यास कार्यक्रम गरिएको जिल्ला विपद् व्यवस्थापन समिति काभ्रे ले जनाएको छ।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्