Kathmandu Press

कतारका अमिर पहिलोपल्ट नेपाल आउँदै, श्रम सम्झौता उच्च प्राथमिकतामा

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। 
कतारका अमिर पहिलोपल्ट नेपाल आउँदै, श्रम सम्झौता उच्च प्राथमिकतामा

काठमाडौं, वैशाख ९ : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपल्ट नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन्। उनी पर्सि मंगलबार दुईदिने भ्रमणमा आउन लागेका हुन्।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

Hardik ivf

आजदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स, र बङ्गलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौंस्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्ने तय भएको छ।

काठमाडौंमा रहँदा नेपाल र कतारवीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बुझिएको छ। 
 

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्