Kathmandu Press

ह्योञ्जन वंशावलीको सामुहिक कूलपूजा र ऐतिहासिक भेला सम्पन्न

ह्योञ्जन वंशावलीको सामुहिक कूलपूजा र ऐतिहासिक भेला सम्पन्न

सिन्धुपाल्चोक, वैशाख ९ : ह्योञ्जन वंशावलीको सामूहिक कूलपूजा र ऐतिहासिक भेला ह्रिस्योङ्गोको छ्योइफेल कुन्देलिङ गुम्बामा सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखार गाउँपालिका–२ ह्रिस्योङ्गोमा रहेको छ्योइफेल कुन्देलिङ गोन्पामा यही ६ र ७ गते सम्पन्न भएको हो।

तामाङ समुदायको ह्योञ्जन वंशावलीका कुलपूजा परम्परालाई यथावत् र संसारभरि छरिएर रहेका ह्योञ्जनलाई एकता गर्ने उद्देश्यकासाथ ह्योञ्जन वंश समाजले आयोजना गरेको ऐतिहासिक कार्यक्रम ह्योञ्जनको थाकथलो ह्रिस्योङ्गोमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपालको ४४ वटा जिल्ला र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, मिरिक, खार्साङलगतयका विभिन्न स्थानहरूबाट ३५० जना प्रतिनिधि र स्थानीयको सहभागीता थिए।
 
कार्यक्रम सुरुहुनु अघि गुम्बामा साङ्सेर्गेम, म्हेर्मे पूजा र माहाकालको पूजा गरिएको थियो। सामुहिक कूलपूजा, गुम्बाका मूललामाहरूद्वारा लामा छ्याम (नृत्य), स्थानीय कलाकारहरूले ताम्बा गीत र नृत्य गर्नुका साथै विभिन्न जिल्लाबाट सहभागी ह्योञ्जन स्रष्टा तथा कलाकारहरूले गीत र कविता प्रस्तुत गरिएको थियो भने ह्योञ्जन वंशावलीको शफ्टवेरको विकास र तथ्यांङ्क विवरण भर्ने सम्बन्धी प्रशिक्षण समेत भएको थियो।

Hardik ivf

ह्योञ्जन वंश समाजको नाममा ८ रोपनी जग्गा दान गर्नुहुने स्थानीय दाताहरूलाई  सम्मान गर्नुका साथै कार्यक्रम समापन, व्यवस्थापन गर्ने स्थानीय र सहभागी सबैलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो। प्रत्येक ५/५ वर्षमा यस्तो कार्यक्रम गरिने ह्योञ्जन वंश समाजको अध्यक्ष महेन्द्रजंग तामाङले जानकारी दिए।

ह्रिस्योङ्गोबाट विभिन्न कारणले कामको सिलसिलामा थातथलो  छाडेर जानेक्रममा खोटाङ् हुँदै सिराह पुगेका ह्योञ्जन समुदाय ८÷९ पुस्तापछि आफ्नो बाउबाजेको थातथलो ह्रिस्योङ्गो पुगेर आफ्नो वंशावलीको बारेमा थाहा पाउँदा र आफ्नो पुर्खको थातथलोमा पैला टेक्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको सिराहका खडकबहादुर ह्योञ्जनले बताए।

कूलपूजा र ऐतिहासिक भेलाले ७ बुँदे ह्रिस्योङ्गो घोषणा पत्र जारी गरेको छ।

यस्तो छ घोषणापत्र

१, कुलपूजा परम्परालाई यथावत् राख्न र एकरुपता दिन जरुरी भएकाले प्रत्येक ५ वर्षमा एक पटक सामुहिक रुपमा भेला हुने र ‘कुलपूजा’ गर्ने परम्परालाई कायम राख्ने घोषणा गर्दछौं ।

२, ह्योन्जन समाजको बंशावलीलाई पूरा गर्न शफ्टवेरको विकास गरिएको हँुदा ह्योन्जनहरु जहाँजहाँ रहेपनि आगामी ५ वर्षभित्रमा सबैले आआफ्नो तथ्याङ्क(डाटा) भरी सक्ने र बंशावली लेखन कार्यलाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

३, ह्योन्जन समाजको ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका स्थान, लेख, ताम्रपत्र, शनदपत्र, रुक्कापत्र, फाराप, दोङराप, केरापआदि दस्तावेजहरुको खोज, अनुसन्धान, संकलन एवं विश्लेषण गर्ने र त्यसलाई टुङ्गोमा पु¥याउन लागि पर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

४, ह्रिस्याङ्गो आसपासको क्षेत्र ठुलोधादिङ, वाफललगायतका क्षेत्रमा रहे भेटिएका ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका वस्तुहरुको संरक्षण, विकास र प्रवद्र्धनका लागि आवस्यक कामलाई अघि बढाउन आवश्यक सबैखाले पहलकदमी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

५, ह्रिस्याङ्गोमा रहेको पुरानो ध्याङ डाँडा (लगभग १२ सय वर्ष पुरानो गुम्बा), ङ्हारदिम (रुवाङ्छु म्हेमेले बनाउनु भएको ढुंगामाटोको पहिलो घर) कालो पाटी आदिको संरक्षण र विकास के कसरी गर्ने भन्ने विषयमा छलफल गरी डिपिआर बनाउने र ह्रिस्याङ्गोलाई एउटा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

६, यो सबै कार्य गर्न आर्थिक, भौतिक एवं बौद्धिक ज्ञानको आवस्यकता हुने हुँदा त्यसका लागि आ–आफ्नो ठाँउबाट हामी सबैले पहल गर्ने र आँटेको कार्य पूरा गर्नका लागि लागीपर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

७. ह्योञ्जन वंशको विकासका लागि ह्योञ्जन विकास कोष निमार्ण गर्ने अभियानलाई तत्काल प्रारम्भ गर्ने । कुल देवता लामाकोन्ज्यो महांकाल (गोम्पो छ्यासी) ले सबैको कल्याण गरुन् । जय ह्योञ्जन वंश । जय महाँकाला ।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, वैशाख ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्