Kathmandu Press

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौं, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै सबैलाई घरमै बस्न आव्हान गरेका छन्।

....

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौं, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै सबैलाई घरमै बस्न आव्हान गरेका छन्।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले बुधबार ट्वीटमार्फत् सन्देश दिँदै घरमै बस्न आग्रह गरेका हुन्। सन्देशमा भनिएको छ, 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्।'

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्