Kathmandu Press

भिडभाड हुने स्थानमा काठमाडाैं महानगरले छर्किन थाल्यो किटनाशक औषधि 

काठमाडौं, चैत १२ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कन थालेको छ।

विश्वव्य....

भिडभाड हुने स्थानमा काठमाडाैं महानगरले छर्किन थाल्यो किटनाशक औषधि 

काठमाडौं, चैत १२ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कन थालेको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन किटनाशक औषधि छर्किन थालिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।  

‘काठमाडौँ महानगपालिकाले बढी भिडभाड हुने वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालिमाटी तरकारी बजारलगायतका स्थानमा बुधबारबाट किटनाशक औषधि छर्किने कामको सुरुवात भएको छ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ।’

काठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन वटा ट्याङ्करमार्फत किटनाशक औषधि छर्किने छ। प्रमुख शाक्यले सकेसम्म महानगरबासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए।

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्